यूवाहरुको समूहद्वारा स्थानीय सरकार समक्ष ज्ञापन पत्र पेश


२६ साउन, सुर्खेत । सुर्खेतमा रहेको विभिन्न समूहहरुले आज वीरेन्द्रनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख मोहनमाया ढकाललाई विभिन्न मागहरु राखी ज्ञापन पत्र पेश गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकको मोटे ग्याङ्ग नेपालको सक्रियतामा साझा अभियान नेपालका संयोजक अनिल ढकालले कार्यवहाक नगरप्रमुख ढकाललाई ज्ञापन पत्र बुझाउनुभएको हो ।

ज्ञापन पत्रमा ट्राफिक चिन्ह संकेतका बोर्डहरको व्यवस्थापन, छाडा चौपायाहरुको उचित व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण, नगर तथा हाइवेमा अव्यवस्थित पार्किङ्ग लगाएतका विषय उल्लेख गरिएको छ ।

अभियानमा मोटे ग्याङ्ग नेपाल, तनाव छ जिन्दगी फाउण्डेसन, विङ्गस फाउण्डेशन, द डोडो फाउण्डेशन, फ्यूचर नेपाल, द इन्फिल्ड जोन, भैरव यूवा ससक्तिकरण, 993 Racing Team, कैंची ग्याङ्ग नेपाल, यूथ एण्ड लिगल एडभोकेसी, हाम्रो प्रयास, सुर्खेत महिला जेसीज, सिद्धपाइला ओपन स्काउन क्रयू, वीरेन्द्रनगर जेसीज, परिवर्तन लाटीकोइली यूथ, कर्णाली रिभर वेसिन कन्भर्सेसन र Team BFDM ले सहभागिता जनाएका थिए ।