
धेरै लामो संघर्ष र बलिदा पश्चात प्राप्त गरेको प्रदेश नं.६ कर्णाली प्रदेश । यो प्रदेश भौगोलीक बनावटबाट जति बिकटता मानिन्छ त्यतीकै सौन्दयता र धार्मिक महत्व बोकेको पनि छ । यस क्षेत्र बिकासको क्रममा बिस्तारै गति लिदै गरेता पनि यस क्षेत्रमा अवस्थीत पर्यटकिय सौन्दय बोकेका ताल तलैया, हिमाल , विभिन्न परजातिका जडिबुटी लगाएत धार्मिक स्थानहरुले भने धेरै बर्ष अघि देखि नै चर्चा पाई सकेका छन् भने यस प्रदेशको राजधानि वीरेन्द्रनगर देखि केहि दुरीको यात्रा मात्र रहेको लेकवेशी नगरपालीका वडा नं.१ स्थीत लेखफर्सामा रु २ करोड ३ लाखको लगानीमा जिल्लाकै पहिलो धार्मिक ऊकारेश्वर शिबको मन्दिर निर्माण हुने पर्फेट सोलुसन्स पावर एण्ड ईन्जिनियरिङ मालिक दिपक ढकालले जानकारी दिनु भयो ।

पर्फेक्ट सोलुसन्स पावर एण्ड ईन्जिनियरिङका मालिक ढकालका अनुशार यो गुरु योजनाको डिजाईन २५औं भएको र आफ्नो कन्सल्टेन्सले यस क्षेत्रमा मात्र नभई देशै भरको विभिन्न पर्यटकिय र धार्मिक स्थानहरुको डिजाईनहरु बनाई सकेको र सोहि डिजाईन अनृशार कार्यहरु पनि सम्पन्न भईसकेको छ । ढकालका अनुशार यस क्षेत्रको १० बर्षिय अनुभवका आधारमा डिजाईन गरिएका गुरु योजनाहरु हाल सम्म पनि फेल नखाएको र आफु एउटा डिजाईन मात्र नभई स्थानिय भएको हुदा पनि डिजाईन भन्दा पनि आफूले देखेको सुर्खेत र समग्र रुपमा यस क्षेत्रको भविष्यलाई समेत मध्यनजर गर्दे आफू र आफ्नो कम्पनीले कार्य गरीरहेको बताउनु भयो, उहां थप्नु हुन्छ, डिजाईन गरेको कुनै स्थल वा स्थान राम्रो बनाउनु मात्र नभई त्यस क्षेत्रमा आउने धर्मावलम्बीहरु र पर्यटकहरुले कस्तो चाहान्छन् सोहि अनुशार आफूले कार्य गरिरहेको छौ ।

यसैगरी प्रचार–प्रसार समितीका संयोजक महानन्द आचार्यका अनुशार यस क्षेत्रकै बिकासका र धार्मिक स्थलको रुपमा परिचित गराउने उद्धेश्यका साथ निर्माण गर्न लागिएको मन्दिरको गुरु योजना तयार भई सकेको र सोहि अनुशार कार्य अगाडि बढाउछौं । आफ्नो पृत्रिहरुको सम्झनाका लागी आफुहरु विभिन्न स्थानमा जानु पर्ने समस्यालाई कम गर्ने उद्धेश्यले पनि मन्दिरको निर्माण गर्न लागिएको हो, हाल आफुहरु संग ठुलो रकम नभएता पनि स्थानियहरु, सरोकारवाला निकायहरु , प्रदेश सरकारसंग सहकार्य गरी उक्त निर्माणमा लाग्ने रकम जुटाउनेछौं ।

हाल मन्दिर निर्माण हुन लागेको स्थानमा २०३९ सालमा नै निर्माण गरिएको शिबको मन्दिर रहेको छ भने, हाल उक्त क्षेत्रको पर्खाल गर्ने कार्यको जग निर्माण लेकवेशी नगरपालिकाको आर्थिक सहयोगमा गरिएको छ । यसै गरि अब निर्माण हुने मन्दिरलाई आवश्यकता पर्नै जग्गा दान स्थानिय खडानन्द बस्यालले गर्नु भएको हो ।



Milan Shrestha । ९ कार्तिक २०७६, शनिबार ०६:४९ बजे