
१४ भदौ, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाकाे विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेलल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए ।मोदी विमानस्थलबाट सोझै पशुपतिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । पूजाअर्चनापछि उनी सम्मेलन स्थल सोल्टीमोड जानेछन् । अनलाइनखबर



Milan Shrestha । १४ भाद्र २०७५, बिहीबार ०९:२१ बजे