प्रविधीको प्रयोगले शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेः उपप्रमुख ढकाल


फाइल फोटो

२५ चैत्र, सुर्खेत । प्रविधी मैत्री शिक्षक समाजको कर्णाली प्रदेश स्तरीय कमिटि गठन भएको छ । आज (सोमबार) सुर्खेतको अमरज्योति नमूना माध्यामिक विधालय नेवारेमा आयोजित प्रथम भेलाले तीलक खत्रीको अध्यक्षतामा १९ सदस्यीय प्रदेश स्तरीय कमिटि गठन गरेको हो । समितिको उपाध्यक्ष्मा कमला सुवेदी र भक्तीप्रसाद उपाध्याय, सविचमा इन्द्र थापा, कोषाध्यक्ष भूपेन्द्र विसी र सह-सचिवमा कृष्ण ढकाल चयन भएका छन् ।

भेलाको उद्घाटनपछि बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले प्रविधीको प्रयोगले शिक्षाको गुणस्तर बृद्धि गर्न सकिने बताउँदै अब सबै विधालयहरुलाई प्रविधीमैत्री बनाउनुपर्ने बताउनुभयो । अहिलेको आवश्यकता गुणस्तरीय शिक्षा भएकाले प्रविधिको प्रयोगबाट बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिनुपर्ने उपप्रमुख ढकालको भनाइ छ । उहाँले शिक्षालाई प्रविधिमैत्री बनाउका लागि स्थानीय सरकारहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

भेलामा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव धिरेन्द्रप्रसाद लम्सालले शिक्षकका साथथै अब बिधार्थीहरुलाई पनि प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको युग विज्ञान प्रविधिको युग भएको बताउँदै हाम्रा बालबालिकाहरुलाई प्रविधिमैत्री शिक्षा दिन जरुरी रहेको बताउनुभयो ।

समग्र शिक्षा क्षेत्रलाई नै प्रविधिमैत्री बनाउनुपर्ने धारणा राख्दै लम्सालले प्रविधि मैत्री शिक्षक समाजले महत्वपूर्ण भूमिका खेल्न सुझाव दिनुभयो ।

विधालय र शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउका लागि समाजले आफ्ना गतिविधिहरु सञ्चालन गर्ने जनाएको छ ।