१० बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड१९ को संक्रमण नेपालमा ४५ पुगेको आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज कोभिड १९ को संक्रमणबाट ३ जना २४, ६० र ७२ बर्षिय पुरुषहरुको मन्त्रालयले जनाएको हो यो संग नेपालमा हाल सम्म ४५ जना कोरोन भाइरसको संक्रमित पुगेको हो । नयाँ संक्रमित ३ नै जना उदयपूरको त्रियुगा नगरपालिका- ३ भुल्के स्थित मस्जिदमा रहेका जमाती समूहको रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
कोरोना भाइरसको संक्रमणमा उपचाररत २ जना विरामी निको भइ आज नै घर तर्फ जानुभएको मन्त्रालयले जनाएको छ । यो संगै कोरोना संक्रमणमा निको हुनेको संख्या ७ पुगेको छ ।



Prawash Kumar Shakya । १० बैशाख २०७७, बुधबार १६:३७ बजे