
भाद्र १५, सुर्खेत ।
कर्णाली प्रदेशका भूमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले समाजबादमा पुग्ने सहज बाटो नै सहकारी भएकोमा जोड दिनुभएको छ । प्रदेश सरकारले सहकारी नमूना गाउँ बनाउने तयारी गरिरहेको भन्दै सकारीले समाजबादमा जान सहयोग मिल्ने दाबि गर्नुभयो ।
आब ०७४०७५ को बार्षिक प्रगति एबं आब ०७५०७६ को कार्यक्रम सार्बजनिकीकरण तथा पत्रकार सम्मेलनमामा बोल्दै मन्त्री केसीले २ अर्ब, ५५ करोड, ३२ लाख, ६४ हजार यो आर्थिक बर्षमा बजेट बिनियोजन गरीएको जानकारी दिदै अर्गानिक प्रदेश निर्माणमा बिशेष जोड दिएको पनि बताउनु भयो ।
अर्गानिक अनुसन्धान परिषद गठन गरिने, पशुपालन र जैबिक मललाई प्राथमिकता दिने, जिल्ला जिल्लामा अर्गानिक कृषि प्राबिधिक खटाइने, बिषादी नियन्त्रण गरिने, बिषादी परिक्षण केन्द्र स्थापना गर्ने, काम हेरेर मात्रै प्रोत्साहन अनुदान दिइने कार्यक्रम तया गरिएको मन्त्री केसीले जानकारी दिनुभयो ।
प्रदेश सरकारको प्रबक्ता समेत रहेकी मन्त्री केसीले किसान सरकार हातेमालो कार्यक्रम संचालन गरिने, करिडोर माछा पालन कार्यक्रम गरिने, नर्सरी, कृषि औजार बितरण तथा सहकारी कम्प्लेक्स निर्माण गर्ने कार्यक्रम पनि तय गरिएको बताउनुभयो ।
अघिल्लो आर्थिक बर्षमा अन्य प्रदेश र यो प्रदेशका पनि कुनै मन्त्रालयले बजेट कार्यान्वयन गर्न नसके पनि आफ्नो मन्त्रालयले उपलब्धि हाँसील गरेकोमा खुसी ब्यक्त गर्दै मन्त्री केसीले १० वटा कानून सँगै निर्माण गरेको कानूनी जटिलता हटाइने बताउनु भयो ।
अस्थायी भूमि आयोग बनाउने, समस्या पहिचान गर्ने र मन्त्रालयले भूमी सम्बन्धिका सबै समस्याहरुको समाधान गर्ने जिकिर गर्दै मन्त्री केसीले आफैले तथ्यांक संकलन गरि गरिबी निबारणमुखी कार्यक्रमहरु सञ्चालन गरिने पनि जानकारि दिनुभयो ।



Milan Shrestha । १५ भाद्र २०७५, शुक्रबार १६:५५ बजे