एकल चित्रकला “कोलाजहरुको दैया” प्रर्दशनी गरिदै


सुर्खेत,१८ असोज । यहि असोज २० गते शनिवारका दिन एकल चित्रकला “कोलाजहरुको दैया ”प्रर्दशनी गरिदै छ । स्थायिन यूवा उत्तम खड्काले तयार पारेका चित्रकलाहरु प्रर्दशनीमा राखिने भएको हो ।
सैनिक आवासीय महाबिद्यालय सुर्खेतका शिक्षक समेत रहेका खड्काले बिहिवार(आज) वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उक्त दिन आफूले ३५ वटा चित्रकला प्रर्दशनीमा राखिने जानकारी समेत दिए ।

खड्का अनुशार प्रर्दशनीको मुख्य उद्धेश्य बिधाथीहरुलाई सृजनशिलता तर्फ आकर्षित गर्नुका साथै विभिन्न माध्यमबाट तयार गर्न सकिने जलरंङ्ग, तेलचित्र, चारकोल आर्ट र एक्रोलिन आर्ट बारे जानकारी गराउनु अनि ओझेलमा पर्न लागेको चित्रकलाको प्रचार–प्रसारका गर्नु पनि रहेको छ । शनिवारका दिन प्रर्दशनिमा राखिने चित्रकलामा मुख्य गरी पश्चिम नेपालको सांस्कृतिक, धार्मिक, मौलिक, परम्परा, भेषभूषा, मून्य मान्यता, भुगोल, संस्कार र सस्कृति झल्कने र प्रतिनिधित्व गर्ने खालका रहेका छन् ।
उक्त प्रदशैनिका दिन अवलोकन गर्न आउने अवलोकनकर्ताहरुले रु ४ हजार देखि ३० हजार सम्ममा आफूलाई मन परेको चित्र खरिद गर्न सकिनुका साथै शनिवार २० गतेका दिन चित्रकला प्रदर्शन वीरेन्द्रनगर,६ घण्टाघर स्थीत होटल भ्याली भ्यू कटेजमा बिहान १० देखी ४ बजे सम्म राखिने जानकारी खड्काले सम्मेलनमा दिए ।