वेपत्ता परिवारका दुई दशक, थामिएन आशुका भेल


रमेश कुमार वली
सल्यान १५,भदौ । कपुरकोट गाउपालिका ७ की अमृता वोहरालाई वावाले वजारबाट फर्किदा मिठाई लिएर आउनु हुन्छ भनेर आमाले सम्झाएको अहिले जस्तो लाग्छ । ८ वर्षकी अमृता वावालाई पछ्याउन खोज्दा म वेलुका फर्किहाल्छु आउदा मिठाइ ल्याइदिन्छु छोरी भनेर सदरमुकाम हिडेका वुवा कहिलै नआउने गरी वेपत्ता हुनु भयो । वुवाको त्यहि वोली अन्तिम भयो न सास छ भन्ने खवर दिएको छ न मारिएको खवर नै ।

“२०५८ साल पुष १८ गते सल्यानको सदरमुकाम आएका अमृताका वुवालाई तत्कालिन शाही सेनाले पक्राउ गरी वेपत्ता वनायो, रुदै अमृताले भन्नुभयो मारेको भए मारिसक्यौ भन्नुप¥यो जिवित हुनुहुन्छ भने भन्नु प¥यो किन हामीलाई यस्तो पिडा दिएको ?”
यस्तै पिडा छ बागचौर नगरपालिका वडा न १० पिपलनेटाका घमण्ड बुढाथोकीलाई पनि । “छोरा वेपत्ता भएको १७ वर्ष वितिसक्दा पनि छोरा आउछ की भन्ने आशा अझै मरेको छैन । म पढेर आएपछि तपाइहरुलाई राम्रोसंग पाल्छु भनेर पढ्न गएको कहिलै नर्फकनेगरी गएको रहेछ ।” रुदै वुढाथोकीले भन्नुभयो । “२०५८ सालमा सेनाले गिरफ्तार गरेर छोरालाई वेपत्ता वनायो गल्ती गरेको देशमा कानुन थियो होला वेपत्ता नै वनाउने गरी सजाय दिने छोराको के गल्ती थियो ? सरकार किन जवाफ दिदैन ।” वुढाथोकीले भन्नुभयो ।

सिद्ध कुमाख गाउँपालिका ३ सिद्धेश्वरीकी डबली परियारको आँखामा आशु अहिले सम्म सुकेको छ्रैन । जेनतेन छोराछोरीहरुको छाक टारेपनि आफनै आँखा अगाडीबाट श्रीमानलाइ लिएर वेपत्ता वनाएको सम्झिदा मन थाम्न सक्नुहुन्न । राजनीतिको र सम्म नवुझेकी डवलीलाई आफनो श्रीमानलाई किन वेपत्ता वनाएको हो भन्नेसम्म थाहा छैन । “मेरो श्रीमानले गाउमा कसैको केही विगारेनन खेतवारी जोतेर खाने परिवार हो किन लगेर वेपत्ता वनाए ? जिवित भए जिवित छ भन्नु प¥यो मारेको भए लाश देखाउनु प¥यो ।” डवलीले भन्नुभयो ।

यि त प्रतिनिधी मात्रै हुन तत्कालिन शसक्त द्धन्द्धको वेला वेपत्ता पारिएका व्यक्तिहरु परिवारमा आउछन्की भनेर अझै आशा मारेका छ्रनन् । अभिभावक गुमाएर टुहुरो वनेका परिवारहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर वन्न पुगेको छ । सदरमकुाममा हुने धेरै कार्यक्रमहरुमा उपस्थित भएर भकानिदै वेदना सुनाउने परिवारहरुले शान्ति प्रक्रिया हुदै संघिय गणतन्त्र आइसक्दा पनि न सास पाए नत लाश नै पाएको गुनासो गर्न थालेका छन् ।

वेपत्ता छानविन आयोग वनाएको भएपनि सन्तोषजनक काम नगरेको उनिहरुको गुनासो छ । जिवत छ भने जिवत छ मारेको भए मारियो सरकारलाई भन्न किन गाह्रो हुन्छ उनिहरुको भनाई छ।

शसस्त्र द्धन्द्धको समयमा जिल्लामा राज्य पक्ष र तत्कालिन विद्रोही पक्ष बाट ५९ जनाको छानविन आयोगमा उजुरी परेको भएपनि अहिले सम्म ३९ जनाले राहात वुझेको साविकको स्थानीय शान्ति समितिका सचिव विष्णु शर्माले जानकारी दिनुभयो । “जिल्लामा उजुरी परेको भनेर ५९ जनाको उजुरी छानविन आयोगमा परेको थियो २० जनाको सम्वन्धमा आवश्यक कागजात पुरा गर्न नसक्दा तत्कालिन शान्ति समितिमै थन्केर वसेका छन् ।” शर्माले भन्नुभयो ।