बौद्ध यातायातको अध्यक्षमा पुनः गुरुङ्ग



१० पौष, सुर्खेत । बौद्ध यातायात व्यवसायी संघको १३ बार्षिक साधारण सभा तथा ५ औं अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

सभाले पुनः कमल गुरुङ्गको अध्यक्षतामा १० सदस्यीय संचालन समिति चयन गरेको छ । जसको उपाध्यक्षमा भिमबहादुर खत्री (रावल), सचिवमा राजकुमार खड्का, कोषाध्यक्षमा प्रेमबहादुर महतरा, सह सचिवमा दुर्गबहादुर वुढा र सदस्यहरुमा देबबहादुर रोकाय, चिरन्जीवी बुढा, भिमबहादुर बुढा, सरिजुन बुढा, रामकृष्ण थापा र डिलबहादुर रोकाय रहनु भएको छ ।

सभामा कोषाध्यक्ष प्रेमबहादुर महतराले आर्थिक बर्ष २०७७/०७८को ४२ लाख ४९ हजार ७ सय १८ रुपैया बराबरको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

संघका सचिव राजकुमार खड्काले सहजीकरण गर्नुभएको सभामा कार्यालय प्रमुख बालकृष्ण श्रेष्ठले स्वागत गर्नु भएको थियो ।