सडक नाटक राम्रो र लालिगुराँस प्रदर्शन


सुर्खेत, २४ असार ।
सुर्खेतका चार स्थानिय तहमा सडक नाटक राम्रो र लालिगुराँस प्रदर्शन गरिएको छ ।
विपद जोखिम न्युनिकरण तथा पुर्ण सरसफाई सम्बन्धि जन–चेतनामुलक सडक नाटक राम्रो र लालिगुराँस सुर्खेतको लेकवेशी नगरपालिकाको वडा नम्वर पाँच नेटा, सिम्ता गाउँपालिकाको वडा नम्वर दुई काफलकोट, चिङ्गाड गाउँपालिकाको वडा नम्वर दुई रानिवास र भेरिगंगा नगरपालिकाको वडा नम्वर दुई र तिनमा प्रदर्शन गरिएको हो ।

वर्षात्को समयमा आउन सक्ने विपदलाई कसरि न्युनिकरण गर्न सकिन्छ, विपद आईहालेमा कसरि सुरक्षीत रहन सकिन्छ साथै पुर्णसरसफाई युक्त गाउँ बनाउनका लागी के के गर्नु पर्छ भन्ने मुख्य सन्देश नाटक मार्फत दिएको थियो ।

युएसएआडिको सहयोगमा पहल परियोजना संचालन गरिरहेको सुन्दर नेपाल संस्था सुर्खेतको समन्वय तथा जागरण एफ एम सुर्खेतको सहजिकरणमा नाटक प्रदर्शन गरिएको हो ।

नाटक संग संगै स्थानिय नागरिकहरुको प्रत्यक्ष सहभागितामा विपत आईपरेपछि कसरि उद्धार गर्ने भन्ने विषयमा कृतिम घटना अभ्यास पनि गरिएको छ ।

नाटकमा युवराज पंगाली, जनक तिवारी, तिर्थराज पंगाली, पार्वति तिवारी, कमल गिरी तथा गिता कटुवालले अभिनय गरेका थिए ।

साभारः हिमालपत्र ।