क्यानद्वारा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न


११ चैत्र, सुर्खेत । कम्प्यूटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सुर्खेतले आज आधारभूत डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

क्यान महासंघले अहिलेको समयमा डिजिटल सामाग्री तथा सफ्टवेयरको प्रयोग दिनप्रतिदिन बढ्दै गएकोले त्यसको आधारभूत शिक्षा दिनकालागि १ दिने डिजिटल साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी क्यान महासंघका केन्द्रिय सदस्य तथा सुर्खेत शाखाका संस्थापक अध्यक्ष रामकिशोर रावलले अहिले समय डिजिटलको समय तथा संघीयता लागु भएसंग गठन भएको पहिलो कर्णाली सरकारको नारा डिजिटल कर्णालीलाई सार्थक पार्नकालागि सारक्षरता कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले अहिले ७ प्रदेश मध्य कर्णाली प्रदेशमा सबै भन्दा धेरै टिकटक प्रयोगकर्ता रहेको छ । त्यस्तै विकृतिहरुपनि धेरै रहेकोले डिजिटल सारक्षरता कार्यक्रमको आवश्यकता रहेको औल्याउनुभयो ।

कार्यक्रममा प्रशिक्षक सुवास विसीले करिएर इन आईटी सम्बन्धी र प्रशिक्षक प्रकाश खनाल माइक्रोसफ्ट सर्टिफाइड कोर्षका बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै प्रशिक्षक जीवनकेशर खनालले साइबर सुरक्षा र अपराध सम्बन्धी तथा प्रशिक्षक मानबहादुर खड्काले अनलाइन फारम र ग्राफिक्स डिजाइन ट्रिक सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

क्यान महासंघ सुर्खेत शाखाका अध्यक्ष लोकेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान कर्णालीका अध्यक्ष प्रेमप्रकाश चन्दले आफ्नाो भनाई राख्नुभएको थियो भने सचिव तिलक प्रसाद आचार्यले स्वागत तथा कार्यक्रमको सहजीकरण क्यान जिल्ला शाखा सचिव उपेन्द्र मल्लले गर्नुभएको थियो ।