अनमोल स्मृति साहित्य पुरस्कारको घोषणा


भाद्र २३, सुर्खेत ।

आफू बाँचौं र अरुलाई पनि बाँच्ने अबसर प्रदान गरौं भन्ने मूल नारा सहित परोपकारी कार्यमा क्रियाशिल अनमोल स्मृति प्रतिष्ठन सुर्खेतले हरेक बर्ष अनमोलको जन्म जयन्तीको अबसर पारेर प्रदान गर्ने गरि पुरस्कारको घोषणा गरेको छ ।

१५३ औं भानु जयन्तीको अबसर पारेर ७ हजार, ७ सय, ७७ रुपैयाँको पुरस्कारको घोषणा गरिएको हो । मध्यपचिमाञ्चल गजल मञ्चसँगको सहकार्यमा हरेक बर्ष एकजनालाई प्रदान गर्ने गरि अनमोल स्मृति साहित्यिक पुरस्कारको स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले घोषणा गर्नुभएको हो ।

कर्णाली कविता कन्सर्ट सँगै बिभिन्न सामाजिक सेवामा क्रियाशिल प्रतिष्ठानले आगामी कार्तिकमा कर्णाली रारा पर्यटन बर्षलाई सफल पार्न रारामा साहित्यिक तथा सांगितक महोत्सव गर्ने, सुबिधा सम्पन्न दुई वटा एम्बुलेन्स सञ्चालन गर्ने र आगामि २ बर्ष भित्र सुर्खेतमा सुबिधा सम्पन्न वाल अस्पतालको स्थापना गर्ने लक्ष्यका साथ लागि रहेको अध्यक्ष शाहीले सो अबसरमा जानकारी दिनुभयो । उहाँले उपचार नपाएर ६ महिनामै अनमोलले यो संसार छोड्नु परेको पीडालाई शक्तिमा बदल्दै सयौं अनमोलहरुले उपचारको अभियानमा मर्नुपर्ने बाध्यता हटाउनु आफूहरु प्रयत्नशिल रहेको बाउनुभयो ।