भाद्र २३, सुर्खेत ।
गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, पेशागत स्थायित्वको लागि राहत शिक्षक एकता भन्ने मूल नारा नारामा केन्द्रित भएर आयोजना गरिएको छलफल वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
नेपाल राहत शिक्षक समिति कर्णाली प्रदेशका अध्यक्ष बुद्धिसिंह बिष्टको अध्यक्षता, केन्द्रिय बरिष्ट उपाध्यक्ष कुमार सापकोटा, उपाध्यक्ष देबीराम आचार्य तथा कर्णाली प्रदेशका ७ जिल्लाका सहभागिहरु बिच राहत शिक्षकका तत्कालीन समस्या समाधानका लागि आगामि दिनमा अपनाईने रणनीतिका बारेमा पनि छलफल गरिएको महासचिव प्रेमप्रसाद दाहालले जानकारी दिनुभयो ।



Milan Shrestha । २३ भाद्र २०७५, शनिबार १८:१० बजे