सामाजिक परिक्षण कार्यक्रम सम्पन्न


दिपेश दाहाल

१ जेठ, सुर्खेत

सुर्खेतको गढीमा सामाजिक परिक्षण स्वास्थ्य चौकी गढीले सामाजिक परिक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेत र असल शासन क्लव समन्वय समितिबीचको सहकार्यमा सामाजिक परिक्षण गरिएको हो । गत बर्ष सामाजिक परिक्षणका क्रममा बनाइएको कार्ययोजना अनुसार स्टे्रचरको, सुचना पाटी, नागरिक गुनासा सुनुवाइ लगायतको व्यवस्था भएको पाइएको छ ।

कार्ययोजनाको कार्यन्वयनपछि स्वास्थ्यचौकीको सेवा प्रवाहमा गुणस्तरीयता बढेको छ । सेवा प्रवाहलार्इ थप गुणस्तरीय एवं प्रभावकारी बनाउनका लागि यस बर्ष पनि कार्ययोजना निर्माण गरिएको छ । यस बर्षको कार्ययोजनामा पानी संकलनका लागि ट्‍यांकी निर्माण गर्ने, सोलार सिष्टम मर्मत गर्ने लगायत रहेका छन्‍ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सामाजिक परिक्षण फोकल पर्सन दुर्गा श्रेष्ठ, स्थानीय राजनीतिक दलका प्रतिनिधि स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष, स्वास्थ्यचौकी इन्चार्ज गंगा श्रेष्ठ, स्वंसेविका, सेवाग्राही लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण असल शासन क्लवका घनश्याम केसी र अनीता तारामीले गरेका थिए ।