
चैत ५, कालीकोट । स्थानिय तहका कर्मचारी सहित जनप्रतिनिधिहरु अन्तर जिल्ला भ्रमणमा ब्यस्त भएपछि कालीकोटका सेवग्राही मर्कामा परेकाछन् । आर्थिक बर्ष सकिन ४ महिना मात्रै बाँकी हँुदा विभिन्न स्थानीय तहका कर्मचारीसहित जनप्रतिनिधीहरु भ्रमणमा गएपछि नियमित काम प्रभावित भएको हो । सरकारी बजेटको कुम्लो बोकी जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा ब्यस्त भएपछि बिकासे योजनाहरुको सम्झौता र कामप्रति वेवास्ता देखिएको छ ।
अध्ययन भ्रमणको नाममा शुभ कालिका गाउँपालिका कालीकोटको जम्बो टोली २० लाख रुपैयाँको कुम्लो बोकेर भ्रमणमा निस्किएपछि एककातिर काम प्रभावित भएको र अर्को तिर सरकारी रकमको दुरुपयोग भएको भन्दै स्थानीयले बिरोध जनाएका छन् । गाँउपालिकाको दैनिक सेवामा प्रभाव परेको छ, गाउँपालिकाको विकासमा लगाउनु पर्ने बजेट भ्रमणमा सकेर रकमको दुरुपयोग गरेको भनाई छ स्थानीय भिमप्रसाद आचार्यको ।
उसोत खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी गरी २९ जनाको टोली पनि अन्तरजिल्ला भ्रमण मै ब्यस्त छ ।
स्थानिय निकायका जनप्रतिनिधि र कर्मचारीहरु नागरीकहरुका हितमा भन्दा ब्यक्तिगत फाइदा र रमाइलोमा ब्यस्त भएका खबर अन्य जिल्लाबाट आइरहेका बेला कालीकोट जिल्ला पनि यसमा अछुतो रहन नसेकेको कतिको भनाइछ भने कति त स्थानिय निकायको बजेट मोजमा उडाउने अवसरको सदुपयोग गरेको पनि भन्न थालेकाछन् ।
Milan Shrestha । ५ चैत्र २०७४, सोमबार ०८:३३ बजे