
मिलन श्रेष्ठ ।
१४ चैत्र, सुर्खेत । आज(बुधवार) विहान सुर्खेतको पञ्चपुरी नगरपालिकामा मृत अवस्थामा फेला परेकि १८ बर्षिय गौरीकला रोकायको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेकालाई सुर्खेत प्रहरीले सार्वजानिक गरेको छ ।
सुर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययरत छात्रा पञ्चपुरी नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी – ५ बावियाचौर परीक्षा केन्द्रबाट एसईई परीक्षा दिईरहेकि गोरीकला रोकायाको हत्यामा भएको भोली पल्ट हत्यामा संलग्नता रहेको आशंकामा दैलेख घरभई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ माझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरी घटनाको संक्षिप्त विवरण पेश गरको छ (अपडेट)
जिल्ला सुर्खेत पञ्चपुरी नगरपालीका वडा नं.३ चौरा घर भई एसिसि दिन आएकि गौेरीकला रोकाय सुर्खेत जिल्ला पञ्चपुरी नगरपालीका वडा नं.५ स्थित मीनबहादुर रावलको घरमा भाडा लिएर बसेकि थिईन । सधै सवेरै उठेर परिक्षा दिन जाने गैरीकला हत्या भएको बिहान अबेर सम्म पनि नउठेपछि ढोका खोल्दा भुई तल्लाको कोठामा मृत्य अवस्थामा फेला परेकि थिईन् ।
घटना भएको खबर पाए लगतै प्रहरी घटना स्थल पुगी अनुसन्धान र खोजी कार्य जारी पश्चात विधा ज्योती मा.वि.नजिकको कालेपत्रे सडकबाट मृतक गौरीकालाको मोवाईल फेला परेको थियो । फेला परेको मोवाईलबाट अनुसन्धानका लागी थप सहयोग मिल्यो । मोवाईलको कल रेकर्डबाट शंकित लक्ष्मि वास्तोलालाई नियन्त्रणमा लिई थप अनुसन्धा अघि सारे पछि निज लक्ष्मि वास्तोलाको भनाई अनुशार निजको दाजु खुम प्रसान वास्तोला र ईलाका प्रहरी कार्र्यालय वावियाचौरमा कार्यरत टाफिक प्रहरी जवान हरी कोईरालाईलाई नियनत्रणमा लिई अनुसन्धान अगाडि बढाएको थियो ।
प्रहरीले पत्रकार सम्मेलन गरी अनुसन्धा कार्य जारी राख्दै मृतक गौरीकलाको लाशलाई पोष्टमार्टमको लागि क्षेत्रिय अस्पताल, कालागांऊ सुर्खेत ल्याईयो । घटना स्थलबाट भे.६.प. ३४५१ नम्बरको यमाहा कम्पनिको मोटरसाईकल, शंकित लक्ष्मी वास्तोलाले लगाएको सेतो सर्ट जसमा रगत जस्तो देखिने रातो संग लागेकोका चिजहरु वरामत गरेको थियो । घटना स्थलमा भेटिएका सम्पूर्ण सामाग्री र घटनामा संलग्न व्यक्तिहरुको वयानका आधारमा प्रहरीले आज(वुधवार) सांझ पत्रकार सम्मेलन गरी घटाना संलग्न व्यक्तिहरुर्ला सार्वजानिक गरेको हो ।
घटना संग सम्बन्धि केहि तस्वीरहरुः–







Milan Shrestha । १४ चैत्र २०७४, बुधबार १०:३१ बजे