चन्दननाथ विद्यालय बन्दै डिजिटल


फोटो डिबि बुढा जुम्ला ।

भाद्र २६, जुम्ला ।

जुम्लाकै पुरानो विद्यालय चन्दननाथ नमुना माध्यामिक विद्यालय डिजिटल बन्ने भएको छ । डिजिटल विद्यालय निर्माण अभियानका लागि चौतर्फि छलफल थालेको विद्यालयले कर्णालीकै नमुना डिजिटल विद्यालय बनाउने महाअभियानमा साथ दिन अपिल गरेको हो ।

कर्णाली प्रदेश सरकारले डिजिटल प्रदेशको अवधारणा अनुसार प्रदेशका केही विद्यालयहरु डिजिटल बनाउने निर्णय गरेको थियो । जस अनुसार जुम्लाको चन्दननाथ नमुना माध्यामिक विद्यालय पनि एक हो । यो संगै कालिका मा.वि. तलिकुडु पनि डिजिटल विद्यालय बन्ने भएको छ । कर्णाली प्रदेशका २४ विद्यालय डिजिटल बनाउने सरकारको निर्णय अनुसार चन्ददननाथ माध्यामिक विद्यालय डिजिटलमय बनाउन आफ्ना क्रियाकलाप केन्द्रित गर्न थालेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव उपेन्द्रकेशर खनालले वालवालिकाहरुले शैक्षिक प्रविधिमा विश्वमा भएका अनुकरणीय कामहरुको वारेमा जानकारी लिन सक्ने गरि विद्यालयलाई डिजिटलाइज गर्न थालेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘शिक्षहरुले डिजिटल प्रविधि अनुसार अध्ययन गरेर पढाउन मिल्ने, नेपालकै पनि उत्कृष्ट विद्यालयहरु सँग सहकार्य गरेर शिक्षण क्रियाकलापहरुमा सहयोग पुरयाउने, विद्यार्थीहरुले खाली समयमा खोजमुलक खुराक अध्ययन गर्ने बातावरण तयार हुने गरि यो अभियान थालेका हौँ ।’ यो प्रविधि अवलम्वन गर्नका लागि एक डिजिटल ल्याव स्थापना गरिने भएको छ ।

यसैगरी चन्दननाथ माध्यामिक विद्यालयको डिजिटल ल्यावको लागि १५ लाखको उपकरण सहयोग हुने छ । विद्यालयको आवश्यकता अनुसार नियमित रेखदेख र संरक्षणको कार्य हुनेछन्, उहाँले थप्नुभयो ।

कर्णाली प्रदेश मन्त्रीपरिषदको पहिलो वैठकले डिजिटल कर्णाली अभियान शुरु गर्ने निर्णय गरे अनुसार कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा एकएक वटा विद्यालयलाई डिजिटल विद्यालयको रुपमा शुरुवात गर्न थालेको हो । डिजिटल विद्यालयहरुले विद्यालय व्यवस्थापनको लागि बढि जिम्मेवार हुनुपर्ने उपसचिव खनालको भनाइछ । खनालका अनुसार स्थानीय प्रशासन, प्रहरी सुरक्षा, शिक्षा प्रविधिमैत्री प्रदेशका लागि कर्णाली प्रदेशमा अभियान समेत थालिएको छ । उहाँले भन्नुभयो, ‘विद्यालय डिजिटलमय बनाउदैँ प्रदेशका केही शहरमा साईरन जडान र आवश्यक क्यामरा समेत राख्न सक्छाँै, यो अभियानमा सवैको हातेमालोको जरुरत छ ।’
चन्दननाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर रोकाया डिजिटल विद्यालयले अहिलेको पिढिलाई सुचना प्रविधिका रुपमा अव्वल बनाउने वताउँनुहुन्छ । उहाँले भन्नुभयो,‘ अहिलेको जमाना अनुसार यो अभियान निकै सान्दर्भिक देखिएको छ, विद्यार्थीलाई बरदान सावित हुने विश्वास लिएका छौँ ।’ डिजिटल ल्यावको लागि आवश्यक निगरानी रहिरहनेछ, उहााले थप्नुभयो, ‘नियमित संचालन गर्न विद्यालयले जोड दिने छ ।’ विद्यालयको ध्यान अहिलेको प्रविधि प्रति पहिल्यै गएको भन्दै कर्णाली सरकारले अपनत्व लिएर सञ्चालन गरेको प्रति आभारीछौँै ।

प्रधानाध्यापक टंकबहादुर महतले विद्यालय ईन्टरनेटयुक्त, ईहाजिरी सहितका विभिन्न विधुतीय प्रणालीमा गईरहेकोले छोटो समयमै डिजिटल विद्यालयको कार्यक्रम निकै एडभान्स हुने प्रतिक्रिया दिदै, ‘हाम्रा विद्यार्थीहरुले दुर्गमबाटै आवश्यक शिक्षा यूटुब मार्फत सिक्ने अवसर प्राप्त गनेर्टछन् ।’ यो विद्यालयलाई कर्णालीकै अव्वल डिजिटल विद्यालयका रुपमा स्थापित गराएर छाड्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो । जुम्लामै पहिलो पटक विज्ञान विषयको पढाई यस विद्यालयले गरेको थियो । चन्दननाथ माध्यामिक विद्यालयमा १ हजार, १ सय, ६४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।