सिके राउतलाई आममाफी दिनु देशमा पुनः द्वन्द्वको शुरुवात


२ चैत्र, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयूक्त)ले देशलाई विखण्डनमा पुर्याउन उद्त रहेको सिके राउत जस्तालाई आममाफी दिनु र अर्को तर्फ देशमा पुनः द्वन्द्वको शुरुवातकालालगि हतियारको ललकार सुन्न हतारिएको कारण नेकपा (विप्लव)पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको आरोप लगाएको छ ।

आज वीरेन्द्रनगरमा राप्रपा (संयूक्त)ले यही चैत्र ४ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएको हो ।

नेपाली जनताले वाम गठबन्धनलाई विश्वास र भरोसा गरेकै कारण राजनितीक इतिहासको कालखण्डमा दुइतिहाइको बहुमत प्रदान गरेर स्थिर सरकार निर्माण पुर्याएको योगदानको कदर गर्न नसक्नेहरुले सत्ता संचालन गरेको १ बर्ष पूरा भैसक्दा पनि अहिलेको वली सरकार नेपाली राजनितीक इतिहासमा सबै भन्दा भ्रष्ट, बलात्कारी, तस्करी, लुट र हत्या मात्र नभएर एउटा राजनितीक खेमालाई जंगल पठाउने र नेपाली जन्तालाई फेरि त्रसित बनाउने कार्य गरेको राप्रपा (संयूक्त) प्रेस विज्ञप्ती मार्फत आरोप लगाएको छ ।

विज्ञप्तीमा अबको बाटो भनेको संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र र हिन्दु राष्टको स्थापनाले मात्र देशमा शान्ति र सु-व्यवस्थाको सिर्जनाहुने बताउँदै राप्रपा (संयूक्त)ले नेपाललाई धर्मधर्म साक्षेप सनातन हिन्दु राष्ट्र घोषणा गर्नकालागि जनतालाई साथमा लिएर सडकमा उत्रन तयार भएको जनाएको छ ।

चैत्र ४ गते हुने कार्यक्रममा पार्टीका अध्यक्षद्वय पशुपति शम्सेर जवरा र डा. प्रकाशचन्द्र लोहनी र केन्द्रिय नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।