
पवन जायसवाल
नेपालगन्ज (बाँके) । बाँकेको गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनले बैशाख ३० गते मंगलवारका दिन ठूलो मंगलवार (बडका मंगलवार) बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशन संरक्षक प्रदीप शाहले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि पहिलो ठूलो मंगलवारका दिन भक्तजनहरूमा बृहत् प्रसाद वितरण कार्यक्रमको आयोजना गर्नुभएको हो
ठूलो मंगलवारको महत्व हिन्दू धर्ममा ठूलो मंगलवारको ठूलो महत्व रहेको छ । यस दिन हनुमानजीको पूजा गरिन्छ । बृहत् मंगलवारको अवसरमा हनुमानजीको पूजा–आराधना गरी प्रसाद खुवाउँदा पुण्य प्राप्त हुने गर्दछ । जेष्ठ महिना हिन्दू नयाँ वर्षको तेस्रो महिना हो । यस महिनामा कुल चार प्रमुख मंगल ग्रह रहने छन्, जसमा हनुमानजीको पूजा गर्नाले धेरै समस्याबाट बच्न सकिन्छ । अशुभ मंगल पर्वमा हनुमानको पूजा गर्नाले धेरै संकटबाट मुक्ति मिल्छ भन्ने जनविश्वास रहेको छ ।
हनुमानजीले जेष्ठ महिनामा भगवान श्रीरामलाई पहिलो पटक भेटेका थिए भन्ने मान्यता छ । त्यसैले यस महिनाको मंगलवारलाई ठूलो मंगलवार भनिन्छ । जेठ महिनाको ठूलो मंगल पर्वमा दानको विशेष महत्व रहेको छ । यस समयमा हनुमान जी खाँचोमा परेकाहरूलाई आवश्यक चीजहरू दान गरेर प्रसन्न हुन्छन् । ठूलो मंगलवार पर्वको अवसरमा भण्डाराको आयोजना गर्नाले हनुमानजीले आफ्ना भक्तजनमा आशिर्वाद राखेर हरेक संकट र दुःखको अन्त्य गर्ने जनविश्वास पनि रहेको छ ।
गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा प्रसाद वितरण कार्यक्रममा साहू समाज बाँकेका अध्यक्ष हंसराम साहु, गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशन अध्यक्ष मधु शाह, करण साहु, विजय कोरी, शिवम् गुप्ता, सुखराम ठाकुर, शिवम् शाह, मुंशी हज्जाम, कार्यसमितिका पदाधिकारी र अन्य सहयोगीहरूको सहभागिता रहेको थियो ।

Prawash Kumar Shakya । १ जेष्ठ २०८२, बुधबार १३:२४ बजे