लागु औषध विरुद्ध अन्तरक्रिया


फोटोः गुगलबाट

१ चैत्र, सुर्खेत । वीरेन्द्रनगर महिला जेसिजले आज (शुक्रवार) लागु औषध दुर्व्यसनी विरुद्धको बृहद अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा अभिकर्ता ललित भट्टराईले लागु औषधले मानसिक शारिरिक र धनसम्पत्तिको नाश बताउनुभयो । उहाँले भन्नुभयो “यहाँ खाने मुखलाई जुङ्गाले छेक्दैन भने जस्तै भै रहेको छ । यस्लाइ रोक्नकालागि सम्पूर्ण यूवा प्रशासन विद्यालय लगाएत सरोकारवाला निकायहरु मिलेर काम गर्न आवश्यक रहेको छ ।”

त्यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेलले दुर्व्यसनी निर्मूल गर्नकालागि तपाइहामी सबै मिलेर प्रहरीको काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको यो समयमा यो कार्यहरु घरबाट नै सिकिरहेको पाइन्छ त्यसैले पहिला आफै नै जिम्मेवारी बन्नुपर्ने हुन्छ ।”

कार्यक्रमका सभापती वीरेन्द्रनगर महिला जेसिजका अध्यक्ष लक्ष्मी कार्की प्रधानले दुर्व्यसनी मुक्त समाज बनाउनकालागि सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सरोकारवाला सम्पूर्ण निकायलाई अनुरोध गर्नुभयो ।