कालीकोटमा न बिद्युत्त छ न टेलिफोन


भाद्र २७, कालीकोट ।

केहिदिन अघिदेखि अबिरल परेको पानीका कारण विद्युत् सेवा अवरुद्ध भएसँगै कालीकोटमा टेलिफोन सेवा अबरुद्ध भएको छ । जिल्ला सदरमुकामदेखि करिब १३ कोस पश्चिममा रहेको सान्नीगाड पोतमारा साना जलविद्युत् आयोजनामा बिद्युत्त अबरुद्ध भएसँगै टेलिफोन सेवा समेत अबरुद्ध भएको हो ।

एकातिर विद्युत् सेवा अवरुद्ध भयो भने अर्कोतर्फ दूरसञ्चार सेवा पनि अबरुद्ध भएको हो । बिद्युत्त अभावका कारण इस्काई तथा नमस्ते मोबाइल सेवा अबस्द्ध भएको नेपाल टेलिकम कालीकोटले जनाएको छ ।
पावरहाउसमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो भने बिद्युत्त नहुँदा दूरसञ्चार सेवा अबरुद्ध भएको हो । बिद्युत्त र टेलिफोन सेवा अबरुद्ध हुँदा सेवाग्राही मर्कामा परेकाछन् ।