
१४ असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालयले आजबाट वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ ।
वडामा रहेका ३२ वटा टोल विकास संस्थाबाट १/१ जनालाई सहभागिता गराइ कार्यक्रमको शुभारम्भ गरिएको हो ।
कार्यक्रमलाई शुभारम्भ गर्दै ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले यो कार्यक्रमले जनतालाई रोजगारमुखी हुन अभिप्रेरित गर्ने बताउनुभयो ।

हामी खाली बस्नु भन्दा केही न केही रोजगारमुखी हुनैपर्छ । चाहे त्यो घरमा गर्ने करेसा बारीको काम हो वा अन्य कुनै काम होस । हामीले घरमा नै सानो ठाँउमा तरकारी खेती गर्न सक्छौ तर त्यस तर्फ हाम्रो ध्यान नजानाले नै हामी बेरोजगार भएका हौ । यसैकुरालाई मध्यनजर गर्दै सरकारले सबै जनता रोजगार हुन भन्नकालागि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको अध्यक्ष मानन्धरले भन्नुभयो ।
आजको कार्यक्रममा ९ नं वडाको लाटीकोइली-कालिमाटी सडक खण्डको नालालाई मर्मत गरिएको वडा सचिव देवप्रसाद मुलेलले जानकारी दिनुभयो ।




Milan Shrestha । १४ असार २०७६, शनिबार १३:४८ बजे