सुत्केरीको मृत्यु पछि अस्पताल तनावग्रस्त


२१ बैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आउनुभएको एक महिलाको ज्यान गएपछि अस्पताल तनावग्रस्त भएको छ ।

महाबै गाउँपालिका ३ कालिकोट की ३२ बर्षिय मनिषा सिंहको आज विहान करिव ७ बजे सुत्केरी हुने क्रममा चिकित्सकको लापरवाहीले मृत्यु भएको मृतकका श्रीमान जगतबहादुर सिंह तथा मृतककी आमा कौशिला शाहीले आरोप लगाउनुभएको छ ।

पिडितले अहिले अस्पतालमा तालबन्दी गरिएको हाम्रा सहकर्मी अशोक सिंहले जानकारी दिनुभएको छ ।

(विस्तृत विवरण आउन बाँकी)