सुर्खेत मोडेल कलेजमा दुई नयां बिषय अध्यापन हुदै


मिलन श्रेष्ठ
भदौ,३० सुर्खेत । बिगत लामो समयदेखि शैक्षिक क्षेत्रमा उल्लेखनिय प्रगती गर्दे आएको सुर्खेत मोडेल कलेजमा यसै शैक्षिक सत्र देखि दुई नयां बिषय अध्यापन हुदै छ ।

CMAT परिक्षा दिदै बिधाथीहरु ।

कर्णाली प्रदेशको राजधानि सुर्खेतमा, सुर्खैती युवाहरु द्धारा २०६७ सालमा संचालनमा आएको सुर्खेत मोडेल कलेजले यसै शैक्षिक सत्र देखि नयां थप दुई बिषयमा अध्यापन गराउदै छ । त्रिभुवन बिश्वविधालयबाट मान्यता प्राप्त कलेजले BIM र BHM गरी दुई नयां बिषयलाई अध्यापन गराउन लागेको कलेजका संचालक सिंहराज गुरुङ्गले जानकारी दिनु भयो ।

गुरुङ्गका आफुले उच्च शिक्षा हासिल गर्दाको समयलाई सम्झदै भन्नु भयो, हामीलेहरुले उच्च शिक्षा हासिल गर्न खोज्दा पनि सुर्खेत जिल्लामा भनेको जस्तो बिषय पढाई नहुनाले, आफुहरु केन्द्रिय राजधानिमा गएर पर्दाको समस्यालाई अन्यले पनि सोहि समस्या बेहोर्नु नपरोस् साथै आफुले अध्ययन गर्दा भोगेको दुःख अरुले भोग्न नपरोस् भन्ने उद्धेश्यका साथ कलेजको स्थापना गरी नयां थप दुई बिषयको अध्यापन शुरु गर्न लागेको बताउनु भयो ।