१७ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज दिउसो वीरेन्द्रनगर स्थित मध्यपश्चिममाञ्चल विश्वविद्यालयको स्कुल अफ ल कलेजमा वीएल एलएलवी कार्यक्रम समुदघाटनमा सहभागि हुन त्यहाँ पुगेको वेला मुख्यमन्त्रीको सवारीमा प्रयोग भएको गाडिलाई लक्षित गरि अराजक समुहले गरेको अवाञ्छित गतिविधिप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको प्रदेश सरकारका प्रवक्ता मन्त्री विमला के.सी.द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।
मुख्यमन्त्री कार्यक्रममा भैरहदाँ पार्किङ्ग गरिएको सवारी साधनमा गरिएको अराजनीतिक कार्य लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्नेहरुका लागि लज्जाजनक रहेको छ विज्ञप्तीमा उल्लेख गरिएको ।
यस्तो अराजनीतिक, उदण्ड र अराजक क्रियाकलापको निन्दा गर्दै उक्त क्रियाकलापमा सहभागि व्यक्तिहरुको खोजी कार्य भईरहेको र कानुनी कारवाहीका लागि सम्वन्धित निकायलाई निर्देशन गरिएको व्यहोरा सर्वसाधारण सवैको जानकारी गराइएको विज्ञप्तीमा उल्लेख छ ।




Milan Shrestha । १७ माघ २०७५, बिहीबार २२:०४ बजे