स्वगीय पतीको सम्झनामा बृद्ध–बृद्धालाई भोजन



मिलन श्रेष्ठ
भदौ, ३० सुर्खेत । स्वर्गिय पतीको सम्झनामा वीरेन्द्रनगर–०३ स्थीत प्रशान्ति बृद्धा आश्रममा रहनु भएका बृद्ध–बृद्धा आमा–बुवाहरुलाई शनिवार(आज) एक कार्यक्रमको आयोजना गरी भोजन खुवाईएको छ ।

साविकको लाटीकोईली गाविस वडा न.ं०८ हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. निवासी बलराम श्रेष्ठको मिती २०७२ साल बैशाख १४ गते कालगतीका कारण स्वर्गवास भएका थियो भने मृतक पतीको सम्झनामा उहांका श्रीमती पदमा श्रेष्ठ एवंम् सम्पुर्ण परिवारले आज कार्यक्रमको आयोजना गरी बृद्धा आश्रममा रहनु भएको ७ जना बृद्ध ६ जना बृद्धाहरुलाई े भोजन गराउनु भएको हो ।

भोजन गराए पश्चात सम्मान पत्र ग्रहण गर्दे ।

स्वर्गिय बलराम श्रेष्ठका जेष्ठ सुपुत्र गणेशकुमार श्रेष्ठले कार्यक्रमको आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दे आश्रमलाई धन्यवाद समेत दिनु भएको थियो । बिगत केहि समय यता आश्रममा बृद्ध–बृद्धाहरुको संख्यामा बृद्धि हुदै गईरहको हुदा आगामी दिनहरुमा पनि आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।