सूचना जारी गर्दा पनि बुझाइएन हतियार


सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले गत कार्तिक मसान्तभित्रै लाइसेन्स लिएका हातहतियार बुझाउन आग्रह गर्दै कार्तिक १९ गते सूचना जारी ग¥यो । महिना बित्यो तर अनुमति लिएर राखिएका हतियार कसैले पनि बुझाएनन् ।

अन्ततः यही मंसिर २१ गते हुन लागेको प्रदेश र प्रतिनीधि सभाको निर्वाचन हुन ८ दिन मात्रै बाँकी रहँदा पनि लाइसेन्स लिएका हतियार बुझाउन कोही पनि प्रशासन र प्रहरी कार्यालय पुगेका छैनन् ।

निर्वाचनमा शान्ति सु–व्यवस्था कायम गर्न हतियार बुझाउन आग्रह गरेपनि सम्वन्धित प्रहरी कार्यालयहरुमा कसैले हतियार बुझाएको पाइएन्’ प्रशासन स्रोतले प्रश्न ग¥यो,–‘एक पटक सूचना प्रकाशीत भएपछि कार्यालयले कुनै चासो नै देखाएको छैन्, निर्वाचनमा कुनै घटना भएमा यस्को जिम्मेवार को हुने ?’

जिल्लामा १२० थान हतियार विभिन्न संघ संस्था र व्यक्तिले लिएको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय सुर्खेतसंग छ । कार्यालय स्वंयमले चासो नदेखाएका कारण निर्वाचनको समयमा लाइसेन्स प्राप्त हतियार बुझाएको रेकर्ड प्रशासनसंगै छैन् ।

कानुन प्रावधान अनुसार, ‘सुरक्षाको काममा खटिएका सुरक्षाकर्मीहरुले कानून बमोजिक लिएका हतियार बाहेक अन्य व्यक्तिले लिएका हतियार प्रशासनले सूचना जारी गरेको समयमा तत्काल बुझाउनु पर्छ ।’

प्रशासनले कानून बमोजिम अनुमति प्राप्त व्यक्तिका नाममा रहेका बन्दुक, पेस्तोल जस्ता हातहतियार निर्वाचन अवधिभर नजिकैको प्रहरी कार्यालयमा बुझाउन सूचना जारी गरेको थियो ।

तर जिल्ला प्रशासन कार्यालयको सूचनालाई अटेर गरी व्यक्तिले लाइसेन्स लिएर राखेका हतियार बुझाएका छैनन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपीमा उमाप्रसाद चर्तुवेदीले हालसम्म कुनैपनि व्यक्तिले प्रहरी कार्यालय र मातहतका चौकीहरुमा हतियार नबुझाएको जानकारी दिए ।

शान्ति सुरक्षाको मुख्य दायित्व बोकेको प्रहरी कार्यालयले जिल्लामा व्यक्तिगत र संस्थागत हतियार को–कोसंग छन् भन्ने ज्ञान लिन नसक्नुले हतियार नबुझाएको आंकल प्रशासनकै एक कर्मचारीले बताए ।

‘कुन व्यक्तिसंग हतियार छन् र ति कुन प्रयोजनका लागि प्रयोग भइरहेका छन् भन्ने अभिलेख राख्नुपथ्यो’ प्रशासन स्रोतले भन्यो,–‘प्रशासन कार्यालय र प्रहरीविचको समन्वय अभावले लाइसेन्सप्राप्त हतियार लिएका व्यक्तिले कानूनको खिल्ली उडाइरहेका छन् ।’

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले प्रशासनको सूचनालाई अटेरी गर्नु गलत भएको उल्लेख गरे । उनले यो विषयमा आफू गम्भीर रहेको र चुनाव लगत्तै सवैको लगत संकलन गरेर कारवाही प्रक्रिया अगाडी बढाउने बताउँछन् । सुर्खेतमै अनुमति र नामसारी गरेका केही व्यक्ति तथा संस्थाले हातहतियार हालसम्म नविकरण नै गरेका छैनन् ।

हातहतियारका विषयमा प्रशासन गम्भीर नबन्दा उनीहरुको मनोवल उच्च हुनुले नबुझाएको प्रशासन स्रोत बताउँछन् । निर्वाचनको समयमा प्रशासनले जारी गरेको सूचनामा विष्फोटक पदार्थ, रसायनिक, विषालु पदार्थ, लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा अन्य हातहतियार लिएर हिड्न, प्रदर्शन, प्रयोग गर्नमा निषेध समेत गरेको छ ।

साभारः पश्चिमनेपाल खबर ।