वीरेन्द्रनगरमा इन्धनको मूल्यबृद्धी संगै अभाव पनि (भिडियोसहित)


९ जेठ, सुर्खेत । गएराती देखि पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि भएसंगै कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा इन्धन अभाव भएको छ ।

नगरमा रहेको श्री गंगामाला देउती बज्यै आयल स्टोर र बुलबुले आयल स्टोरले मात्र तेल विक्रीवितरण गरेको पाइएको छ । यसैवीच आज नगरमा रहेका पेट्रोल पम्महरू अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका शाखा अधिकृत सुर्य थापाकाे नेतृत्वमा नेपाल आयल निगम लिमिटेडका सुर्खेतका सहायक हस्त भारती, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका सहायक चक्रबहादुर थापाल अनुगमनले अनुगमन गर्नुभएको छ ।

यता नेपाल आयल निगम सुर्खेतका सहायक हस्त भारतीले २ दिन विदाको कारणले यस्तो परिस्थित आएको बताउनुहुन्छ । उहाँका अनुसार आजै केही समयमा सम्म तेल आपूर्ति भैसक्ने जानकारी दिनुभयो ।