निर्मला पन्तको हत्याको बिरोधमा ध्यानाकर्षणपत्र (ध्यानाकर्षणपत्र सहित)


मिलन श्रेष्ठ
सुर्खेत,१ असोज । गत साउन १० गते कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै कर्णाली प्रदेशका अधिकारकर्मीहरुले पनि सोमबार(आज) सरकारको ध्यानाकर्षण गराउदै पत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउन जादै ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला स्थीत आवाज संस्था, एकल महिला समूह,सामुदायिक सुधार संस्था, मानव अधिकार रक्षक संजाल, महिला मानव अधिकार रक्षक सञ्जाल,दलित महिला संघ, ग्लोवन एक्शन नेपाल,वाम, सुन्दरनेपाल संस्था, वातावरण सुधार समाज, जनजाती पत्रकार महासंघ शाखा सुर्खैत,गैसस महासंघ,एडभान्स एकेडेमी लगाएतका मानव अधिकार रक्षक संजाल, नागरिक समाज, मानव अधिकारकर्मी संघसंस्थाहरुले संयुक्त रुपमा निर्मलालाई न्याय दिलाउन माग गरेका थिए भने आवाज संस्थाकी निर्देशक पबित्रा शाहीले ध्यानाकर्षणपत्र पढेर बुझाएकी थिईन् ।

 

महिलाहरुले देशभर भईरहेका यौनजन्य घटनाका सम्बन्धमा सरकारले नयाँ कानुन निर्माण गरी सबै नागरिकलाई चित्त बुझ्ने गरी निर्मलालाई न्याय दिलाउन आग्रह गरेका छन् । उनीहरुले निर्मलाको हत्यामा संलग्न हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्नुपर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकार वीरेन्द्रकुमार यादवले महिलाहरुको मागलाई सरकारसमक्ष पु¥याउने प्रतिवद्धता जनाए ।