
पुष २, सुर्खेत ।
कर्णाली प्रदेस सरकारका आन्तरीक मामिला मन्त्री नरेश भण्डारीले सहकारी आन्दोलनबाट कर्णालीको समृद्धि सम्भव हुने विस्वास ब्यक्त गर्नुभएको छ । हिमाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कर्णाली प्रदेशमा सहकारी आन्दोलनलाई थप उजागर गरी यहाँका नागरिकहरुको आर्थिक वृद्धि गर्न सकिने बताउनु भयो । सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्यहरुलाई सचेत भएर अगाडी बढ्न सुझाव दिदै मन्त्री भण्डारीले प्रदेस सरकारको तर्फबाट सहकारीको संस्थागत विकासका लागि आफुले भरपुर सहयोग गर्ने पनि बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका संचालक समिति सदस्य पदम दाहालले संस्थाको समग्र विकास र हाल सहकारीका विद्यमान चुनौतिवारे प्रकास पार्दै सहकारी आन्दोलन भित्र रहेका विकृतिहरु विरुद्ध संघर्ष गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारीका संघका संचालक समिति सदस्य कर्णबहादुर बुढा, जिल्ला बहुउदेश्यीय सहकारी संघका संचालक समिति सदस्य राजेन्द्र गौतम, नेश्नल कोअपरेटस एलाइन्सका सचिव ढाकाराम न्यौपानेले विश्वमा सहकारी आन्दोलबाट समाज र राष्ट्रको लागि आर्थिक समाजिक विकासमा महत्वपूर्ण योगदान दिएको दृष्टान्तहरुको उल्लेख गर्दै सहकारीको उन्नति र प्रगतिको कामना गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष झक्क बहादुर विष्टले आ.व २०७४÷०७५ को १ करोड, ७६ लाख, १० हजार, ७ सय, ५० को आय व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत् तथा लेखा समितिको प्रतिवेदन सोमराज थापाले प्रस्तुत् गर्नुभएको सहकारीको सचिव जीवन शाहीले जानकारी दिनुभएको छ ।



Milan Shrestha । २ पुष २०७५, सोमबार १३:५६ बजे