कृषि पेशालाई मर्यादित बनाउनका पैरवी गर्ने


सुर्खेत,१ असोज । कृषि पेशालाई मर्यादित बनाउनका लागी स्थानीय तथा प्रदेश सरकार संग पैरवी गर्ने सुर्खेतका नागरिक सरोकारवालाहरुले बताएका छन् ।

सोमबार सुन्दर नेपाल संस्था सुर्खेतले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजनाले आयोजना गरेको कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् । उनिहरुले व्यावसाहिक कृषकहरुको पहिचान गरि उनिहरुलाई कृषि पेन्सन दिन पैरवी गर्ने, तथा शुसासन प्रवर्दनका निमित्त शुसासन प्रवर्दन रणनिती कार्ययोजना २०७४ अनुसार सामाजिक जवाफदेहिताका औजारहरुको अनिवार्य प्रयोगका लागी स्थानिय तहमा कार्यविधी तयार गरि लागु गर्न पैरवी गर्ने समेत बताएका छन् ।

छलफलका क्रममा संस्थामा भएका सुचना जारी गर्ने, सरकारका राम्रा कामलाई सहयोग गर्ने र जवाफदेहि बनाउन निगरानी गर्ने, बनेका नयाँ निति नियमहरुलाई तल्लो तहसम्म जनचेतना फैलाउन कार्यक्रम गर्ने लगाएतका प्रतिबद्धताहरु समेत उनिहरुले गरेका थिए ।
उक्त कार्यक्रममा कृष्ण बहादुर हमाल, पिताम्बर ढकाल, दुर्गा थापा, गणेश कन्चन भारती भूपेन्द्र प्रसाद कंडेल खिम रेग्मी लगायतको उपस्थीत रहेको थियो ।