
२४ कार्तिक, सुर्खेत । नेपाल मजदुर किसान पार्टी सुर्खेतले आज पनि भारतले गरेको सिमा अतिक्रमणका विरुद्ध विरोध सभा गरेको छ ।
स्थानीय वीरेन्द्र चोकमा भएको सभामा नेमकिपाका कर्णाली प्रदेश संयोजक सरोज गोसाइले भारतले षडयन्त्रपूर्वक चीन पस्नकालागि कालापानी लिपुलेक र लिम्पियाधुरामा सिमा अतिक्रमण गरेको बताउनुभयो ।
१९६२ बाट नै भारतले लिपुलेक कब्जा गरिरहेको छ तर भारतको इसारामा चल्ने सरकार लाचार बनेर हेरिरहेको छ । नेपालको सिमा अतिक्रमणको विरोध नेमकिपाले शुरु देखि नै गर्दै आइरहेको छ । अब नेपालले नयाँ संस्करणको नक्सा प्रकाशित गर्नुपर्ने गोसाईले बताउनुभयो । उहाँले भन्नुभयो । नेपाली सेना र शसस्त्र प्रहरीलाई तैनाथ गर्नुपर्छ र खुला सिमा बन्द गर्नुपर्छ । अब सिमा अतिक्रमणका विषयमा अन्तराष्ट्रिय अदालतमा नेपालले मुद्दा हाल्नुपर्छ । सिमाका बारेमा सामाजिक सञ्जालमा मात्र होइन सडकमा आएर आन्दोलन गर्नुपर्छ ।
सभामा नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय सदस्य सर्जु फसिकवाले भारतिय विस्तारवादको इशारामा सरकार चलेकाले कुनैपनि सरकारले सिमा अतिक्रमणका विषयमा केही गर्न नसकेको बताउनुभयो ।




Milan Shrestha । २४ कार्तिक २०७६, आईतवार १८:०६ बजे