पक्राउ परेकामध्ये सुनसरीका मुकेश कार्की, भक्तपुरका उमराज ढकाल, धनुषाका गणेश महतो, सन्तोष साह, रामचन्द्र यादव र अन्जारूल मियाँ, महोत्तरीका शिवपूजन साह, सिरहाका रामसोगारथ महतो, राजेन्द्र सादा, शिवचन्द्र यादव, भूप सिंह र उपेन्द्रप्रसाद सिंह, पाँचथरका गणेश गिरी, रौतहटका दिनेश महतो र उमेश महतो तथा कञ्चनपुरका सुरेश भट्टलाई केही महिना हिरासतमा राखेपछि कुनै कसुर प्रमाणित नभए पनि अदालतले भारु एक लाख जमानत ठहर गरेको समाजका अध्यक्ष केशवप्रसादले बताए।
उनले सुनसरीका लक्ष्मण बस्नेत, धनुषाका ईश्वर श्रेष्ठ, काठमाडौँका राजकुमार गिरी, बर्दियाका नन्दराम खैराहा, कञ्चनपुरका योगेन्द्र चन्द, मोरङका सुरेश राई, सिरहाका विजय साह र विनोद यादव हिरासतमै राखी राजद्रोही मुद्दा लगाउने षड्यन्त्र भइरहेको आरोप लगाए। उनीहरुलाई भारतीय कारागारमा हिरासतमा राखी चरम यातना दिने कार्य भइरहेकाले रिहाइको पहल गरिदिन पीडित परिवारजनले नेपाल सरकारसँग आग्रह पनि गरेका छन्।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । ३२ जेष्ठ २०७३, मंगलवार ०१:२६ बजे