
असोज ६, सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले २१ तोला सुनसहित १ जनालाई पक्राउ गरेको छ ।
भे ५ प १८ नम्बरको मोटरसाइकलमा सवार बाँके उपमहानगरपालिका–१४ नेपालगञ्ज नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्यिन जसगढलाई विशेष ब्यूरोले वीरेन्द्रनगरको सुब्बाकुना चेकपोस्टबाट सो सुन सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपि श्यामसिंह चौधरीका अनुसार चेकजाँच गर्दा भाग्ने प्रयास गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरि खानतलासि गर्दा निजबाट अन्दाजी २१ टोला (७९ ग्राम) बराबर विभिन्न प्रकारका गरगहना सहित सुन पक्राउ गरिएको हो । बरामद गरिएको सुनको मूल्य करिब १२ लाख बराबरको रहेको बताईएको छ ।



Milan Shrestha । ६ आश्विन २०७५, शनिबार १५:१४ बजे