
१ श्रावण, सुर्खेत । एशियनलाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड शाखाकार्यालय दैलेखले सोमबार एक कार्यक्रमको आयोजना गरी वीमा रकम हस्तान्तरण गरेको छ ।
कोरोना संक्रमणका कारण ज्यान गुमाएका दैलेखको भैरबी गाउँपालिका–४ का केशवबहादुर शाहीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । भैरबी गाउँपालिका–४ स्थित गौरी मावी बालेकाँडामा एक कार्यक्रममा बीच मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो । शाही सोही विद्यालयका शिक्षक हुनुहुन्थ्यो ।
उक्त मृत्यु दाबी रकम एशियन लाईफ इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख विजय पराजुली, भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी विष्ट, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली, विजनेश म्यानेजर जंगबहादुर शाही, डिष्ट्रिक क्लब मेम्बर करिना कुमारी शाहीको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।
मृतक शाहीको श्रीमती झलककुमारी शाहीलाई मृत्यु दाबी बापतको चेक प्रदान गरिएको एशियन लाईफ इन्स्योरेन्स कम्पनी दैलेख शाखाका प्रबन्धक डम्मर ढकालले जानकारी दिनुभयो ।
शाहीले म्यादी जीवन बीमा, बाल भविष्य, म्यादी, बार्षिक धनलाभ, नवरत्नसहित नौवटा जीवन बीमा गरेको प्रबन्धक ढकालले बताउनुभयो ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनीको सिनियर एजेन्सी म्यानेजर समेत रहनुभएका शाहीको गत बैशाख २२ गते कोरोनाका कारण निधन भएको थियो । उहाँको १ श्रीमती, २ छोरा र १ छोरी छन् ।
कार्यक्रमको सहजीकरण कम्पनीका विजनेश म्यानेजर शिवप्रसाद आचार्यले गर्नुभएको थियो ।




Prawash Kumar Shakya । १८ श्रावण २०७८, सोमबार ०१:१४ बजे