
मिलन श्रेष्ठ
६,जेठ सुर्खैत । सुर्खेतस्थित भण्डारी फिल्टर घर भण्डारी खाद्य किराना पसलले डिउटिमा खटिएका सुरक्षाकर्मिहरुलाई पानी र खाजा खुवाएका छन् ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अहिले सबै तिर बन्द भएको छ, जसका कारण होटल–पसल नखुलेकाले डिउटीमा खटिएका सुरक्षाकर्मिहरुलाई पानी र खाजा खुवाइएको हो ।
देशमा लकडाउन शुरु भएदेखि विभिन्न समयमा व्यक्ति, संघ–संस्थाहरुले डिउटीमा रहनु भएको सुरक्षाकर्मिहरुलाई खाजा बितरण गरेता पनि पछिल्लो केहि दिन यता यस क्षेत्रमा बर्षा नभई गर्मिमा अत्याधिक बृद्धि भएपछि आज जिल्लाको विभिन्न नाकाहरु सुब्बाकुना, धुलियाबिट, पिपिरा, एयरपोटा चौक, मंगलगढि चौक, एरिचौक, बागेसिमल लगाएतका विभिन्न स्थानमा सुरक्षाका लागि खटिनु भएको २ सय बढी सुरक्षाकर्मिहरुलाई पानी , बिस्कुट खुवाईएको जनक भण्डारीले जानकारी दिनु भयो ।

यसै गरि भण्डारी फिल्टर घर, भण्डारी खाद्य किराना पसलका मालिक तारा कोईराला भण्डारीले यस्तो विपद्को समयमा सहयोग गर्नु आम नागरिकको पनि दायित्व भएकाले खाजा र पानी खुवाएको बताउनु भयो ।



Milan Shrestha । ६ जेष्ठ २०७७, मंगलवार २१:०३ बजे