असोज १२, जुम्ला ।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिले बजार क्षेत्रमा मालबाहक गाडी प्रवेशमा रोक लगाएको छ ।
नगरपालिकाको गत भाद्र २५ गते सम्पन्न नगर कार्यपालिका बैठकले मालबहाक गाडी बजार क्षेत्र प्रवेशमा रोक लगाएको हो ।
विहान ८ बजे देखि बेलुका साढे ५ बजे सम्म मालबहाक गाडीहरु बजार क्षेत्र प्रबेशमा रोक लगाएको नगरपालिका मेयर कान्तिका सेजुवालले जानकारी दिनुभयो । बजार क्षेत्रमा साँघुरा सडक र दिउसो मानिसहरुको चाँप बढी हुने हुँदा दुर्घटनाबाट जोगिनका लागि नगरपालिकाले यस्तो निर्णय गरेको मेयर सेजुवालको भनाइछ । यदि यो निर्णयको उलंघन गरेमा नगरपालिकाले कार्वाही गरिने पनि उहाँको भनाइछ ।



Milan Shrestha । १२ आश्विन २०७५, शुक्रबार १३:२४ बजे