
५ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा आज नेपाल एसविआई बैंकले सहयोग रकम हस्तान्तरण गरेको छ ।
नेपाल एसविआई बैंक सुर्खेत शाखाका कार्यवहाक प्रवन्ध उमेश बहादुर रावत बराई र प्रमुख कर्जा अधिकृत शुकमान थिङ्गले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
बैंकका कार्यवहाक प्रवन्ध उमेश बहादुर रावत बराईले बैकले ७ सातै प्रदेशमा ५ लाखका दरले विपद सहयोग कोषमा रकम सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो । विश्व नै कोरोनाको महामारीमा रहेको समयमा सहयोग गर्न पाउनु नै महत्वपूर्ण रहेको छ ।



Prawash Kumar Shakya । ५ बैशाख २०७७, शुक्रबार १७:३४ बजे