गर्भवती हुनुमा महिलाहरुको मात्र दोष होईनः अध्यक्ष थापा


सुर्खेत,१३ असोज । गर्भवती हुनुमा महिलाहरुको मात्र दोष नभई त्यसमा पुरुषहरुको पनि उत्तिकै दोष हुने एक कार्यक्रमका सहभागीले जनाएका छन् ।

राईट हिएर, राईट नाउ नेपालको आर्थिक सहयोग, कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्रको आयोजना तथा कोकाप, बिबिसि र आयोनको समन्वयनमा आज(शनिबार) वीरेन्द्रनगरमा आयोजीत सुरक्षित गर्भपतनका मूल्य र मान्यताहरु बारे संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष एवंम् प्रमुख अतिथि दुर्गा थापाले उक्त कुरा औल्याउनु भएको हो ।

कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्रका अध्यक्ष अजबहादुर शाहीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अतिथि प्रेश चौतारिकी केन्द्रीय उपाध्यक्ष टीका बिष्टले नेपालमा विधमान गर्तपतन सम्बन्धी कानुनी व्यवस्था २०६० र गर्भपतन गर्न पाईने अवस्थाका बारेमा आफ्नो भनाई राख्नु भएको थियो ।