सल्यानमा जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
दाङको तुलसीपुरवाट सल्यानको गर्पा द्धारपानीका लागि छुटेको ग १ ज ५५६० नम्वरको जीप आइतबार साँझ रिम–८ खालीमा दुर्घटना हुँदा सल्यान गर्पा–७ की ९ महिने बालिका सफलता बुढा र सोही ठाउँकै ७१ वर्षीया मैती घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवैको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी कपुरकोटका इञ्चार्ज झकबहादुर कुँवरले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका सल्यान गर्पा-९ का भीम रानालार्इ दाङको तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको छ।
बाँकी १८ जना मध्घाये केहीको राप्ती अञ्चल अस्पताल तुलसीपुर र केहीको सल्यानका स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
क्षमता भन्दा बढी यात्रु बोकेकाले जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनापछि जीप चालक भने फरार भएका छन्।
साभारः सेतोपाटी डट कम ।



Milan Shrestha । २४ जेष्ठ २०७३, सोमबार १२:०३ बजे