
असोज १५, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टी, ब्यक्ति र गुटको गुणगान गर्न सञ्चारमाध्यमले भूमिका खेलीरहेको आरोप लगाउनु भएको छ । समाजको वास्तबिकता र सत्य, तथ्य सूचना दिनुको साँटो गुट तथा ब्यक्तिहरुका हितमा लाग्ने मिडिया हाउसहरुले विकासमा सहयोग नगर्नेमा जोड दिनुभयो ।
जनता टेलिभिजनको कर्णाली प्रदेश कार्यालयको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले सञ्चारले ब्रेन परिबर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले तटस्ठतामा ध्यान दिनु पर्नेमा जोड दिदै एनजीओ र आइएनजिओले कर्णालीवासीको दिमाग मै गरिवीको बास गराएको पनि आरोप लगाउनुभयो । गरिवीका फोटो बेच्दै बिकटको वकालत गरेका कारण कर्णाली गरिब र बिकट भनिएको भन्दै सके विश्वको नसके मूलुकको नमूना प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार लागिपरेको भन्दै यस अभियानमा साथ दिन सबै सरोकारवालाहरुलाई आग्रह समेत गर्नुभयो ।
टेलिभिजन सञ्चालक समिति सदस्य नारायण सुबेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्नमा मिडियाको महत्वपूर्ण हात हुनु हुँदा सकारात्मक सहयोगको अपेक्षा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा मध्यपश्चिम बिश्वबिद्यालयका उपकूलपति उपेन्द्र कोइरालाले विश्वबिद्यालय र मिडियाहाउसहरुको सहकार्य र समन्वयको अपरीहार्यता औंल्याउनु भयो ।
कार्यक्रममा प्रदेश सभासद दिनबन्धु श्रेष्ठले कर्णाली प्रदेश नमूना प्रदेश बनाउन सत्तापक्ष र प्रतिपक्ष बिचको दुरी नजिक भएको भन्दै साझा सरकार बनाउन आग्रह पनि गर्नुभयो ।
जनता प्रशारण तथा प्रकाशन लिमिटेडका अध्यक्षा डा. विजयकुमार पौडेलले कर्णाली प्रदेशलाई केन्द्रभागमा राखेर नयाँ कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भयो ।



Milan Shrestha । १५ आश्विन २०७५, सोमबार १०:२२ बजे