उपभोक्ता समितिबाट धरौटी लिएर काम गर्न लगाइन्छ – मुख्यमन्त्री शाही


कालिकोट १९ असोज।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले अबका योजना कार्यान्वयनका लागि उपभोक्ता समितिबाट अग्रिम धरौटी लिएर काम गराइने धारणा राख्नु भएको छ ।
     अाफ्नो गृह जिल्ला कालिकोटमा अाज भएको राजनीतिक दल तथा पत्रकारहरु सँगको विशेष भेटमा मुख्यमन्त्री शाहीले यस्तो धारणा राख्नु भएको हो । वर्षभरि कडा मेहनतका साथ भेडा पाल्ने,खेती गर्ने,र विदेश गएर काम गर्ने व्यक्ति भन्दा उपभोक्ता समितिमा वसेको व्यक्तिले एकै पटक बढी पैसा कमाउने गलत प्रवृत्तिले गर्दा उपभोक्ता समितिलाई निगरानी गरिने उहाँको भनाइ थियो । ठेक्का लिने व्यक्तिहरुका लाइसेन्स राखेर समेत काम गराउदा राम्रो सगँ काम नभएको पाइने गरेको अवस्थामा उपभोक्ता समितिलाई सजिलै योजना दिने कार्य हुनु  उपयुक्त नभएको भन्दै धरौटी लिएर इस्टिमेट अनुसारको कामका अाधारमा मात्रै भुक्तानी दिइने उहाँको भनाइ थियो ।
      कर्णाली प्रदेशको समृद्धिका लागि वृहत् योजनाको साथमा अघि बढिने र त्यस क्रममा योजना कार्यान्वयन प्रक्रियामा सहयोग गर्दै उत्पादनमा सक्रिय रहन जिल्लावासीलाइ मुख्यमन्त्रीको सुझाव रहेको कालिकोट (नेकपा)का युवा नेता चित्रसिंह गाउँलेले जानकारी गराउनुभयो।प्रदेश सांसद कुर्मराज शाहीसहित जिल्ला पुग्नु भएका मुख्यमन्त्रीलाई कालिकोटका राजनीतिक दलहरुले खुलालु र शेरीघाट पुल, कोटवाडा विमानस्थल,तिला कर्णाली लगाएतका बिधुत,सडक लगाएतका विषयमा विशेष प्राथिकता दिन अाग्रह गरेको युवा नेता गाउँलेले वताउनुभयो । जिल्ला समन्वय समिति कालिकोटले स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमका लागि अामन्त्रण गरेपछि कालिकोट पुग्नु भएका मुख्यमन्त्रीले अरुको भर परेर कर्णाली प्रदेशको विकास गर्न नसकिने भन्दै सबै कर्णालीवासीले समृद्धिको सपना देख्न र सपना कार्यान्वयनका लागि सरकारलाई साथ दिन पनि अाग्रह गर्नु भएको थियो ।
मुख्यमन्त्रीले अाज बिहान सुरुमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)कालिकोटको नेतृत्वसगँको भेटपछि पत्रकार र सम्पूर्ण राजनीतिक दलसँगको भेटघाट सम्पन्न गर्नु भएको छ । समग्र भेटमा भ्रष्टाचार नियन्त्रणलाई विशेष रुपमा उठेको वताइएको छ । भेटमा प्रदेश सरकारले अपेक्षित रुपमा काम गर्न नसकेको महसुस भएकाले अबको दिनमा अपेक्षित कार्य गर्न जिल्लावासीको सुझाव रहेको थियोे ।स्थानीय जनप्रतिनिधिले प्रभावकारी कार्य नगरेको, डोजर अातंक चलाएको  र जिल्लाका सबै स्थानीय तहमा कर्मचारी अभावमा पनि ठुलो समस्या ब्यहोर्नु परिरहेको वताइएको छ।