पढाईको महत्व बुझ्दै जयबहादुर


मौसम कुमार
वैशाख ४, दैलेख  । जिल्लामा ५५ वर्षिय जयबहादुर सुनारले कक्षा १ मा भर्ना गरेपछि उनका दारी जुगाँ फुलेको देखेर शिक्षकहरुले दारी काटेर आउन आग्रह गरे एक महिना अगाडी उपचारका लागि कोहलपुर जादाँ उनले अस्पतालको नाम चिन्न सकेनन मोवाईल हुदाँ पनि डायल गर्न सकेनन निकै अलपत्र परेपछि बल्ल उनले पढाईको महत्व बुझे अहिले नातिनीको कक्षा १ मा भर्ना गर्ने वेला आफुपनि नातिनी सँगै पढ्ने सोच बनाए र नाम लेखाए भन्छन जय बहादुर ।

नारायण नगरपालिका २ जारकोटमा रहेको ३ वटा विद्यालयले सामुहिक भर्ना अभियान गरिरहदाँ उक्त अभियान सफल पार्न हिडेका ५५ वर्षिय जयबहादुर लाई नारायण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रेशम बहादुर थापाले खड्क प्रा.वि.मा कक्षा एकमा नाम लेखाई दिएका हुन ।

त्यस्तै वडा नं.२ का वडा अध्यक्ष थापाले अन्य विद्यालयवाट आउने विद्यार्थीलाई पोसाक किन्न सहज होस भनि १ हजार रुपैया बोनस दिने र वडा भित्रका अभिभावकलाई १ वर्षे जग्गाको तिरो निशुल्क गर्ने बताए ।