
कालीकोट जिल्लामा भइरहेका र हुने गरेका बिभिन्न अनियमितताहरु दवाउनका लागी स्थानिय निकाय नै सक्रिय रहेको खुल्न आएको छ ।
आफुखुसी मनोमानी ढङ्गले कर्मचारी र निर्माण व्यावसायीहरुबिच तालमेलगरी काम गर्ने गराउने गरेको र काम गर्ने खण्डमा कुनै पनि सुचना डोजर चलाउने क्षतिपुर्तीको माग गर्दा सिधा साधा जन्तालाइ धम्काउने कानुनी रुपमै बाधा अडचन पैदा गरी दुख दिने गरेको पाइएको छ ।
यसै क्रममा खाडाँचक्र नगर पालीकाले २०७५ साल पुसमा पिलि चियानेमेला सम्म ग्रामिण सडकको भानढुङ्ग्री देखी गावु गौडा सम्म सडक खण्ड निर्माण कार्यको अनियमितताको बारेमा समाचार छपिदा समाचार गलत हो यस्ता मिडियालाइ कारबाहीगर्नु पर्नेमाग राखी नगरपालीकाका उपमेयर को हस्ताक्षरमा प्रेश बिज्ञप्ती निकालीएको ले अव यो आयो जनामा नियमितता भएको हो या होइन भनी मुल्याङ्कन गर्ने आधारहरु निम्न अनुसारका छन ।

आधार नं १ खाडाँचक्र नगर पालीकाले २०७५ साल पुसमा पिलि चयानेमेला सम्म ग्रामिण सडकको भानढुङ्ग्री देखी गावु गौडा सम्म सडक खणड उपभोक्ता समिती लाइ सम्झौता गराइ निर्माण व्यावसायीलाइ काम गर्न लगाइएको ।२०७६।०६०१४ गते बाट शुरु गरेर२०७६।९।३० गते सम्म को समया बधी दिइ लागत अनुमान ७३५४७४३।५५ को काममा नगर पालीकाबाट २९४१८९७।४२ मध्य ५ प्रतिशत कन्टेजेन्सी रकम १४७०९४।८७ र १ प्रतिशतले मर्मत कोष कट्टी रकम २९४१८।९७ गरी जम्मा हुन आउने रकम रु १७६५१३।८४कट्टा गरी उ स ले खुद पाउने रकम २७६५३८३।५८ मात्र र उपभोक्ता समितिको तर्फबाट ( भनेको श्रमदान होला ) ४५६१४११।९५ मात्र भनी गरिएको समझौता पत्र का अनुसार कर्णाली प्रदेश सरकारको निर्णय अनुसार बढीमा ५० प्रतिशत सम्म अनुदान हुन सक्ने छ भन्ने निर्णयको आधारमा उपभोक्ताले ब्यहोर्नुपर्ने बढी र नगरपालीकाले दिने रकम कम हुनु यस्लाइ अनियमितता भन्न मिल्छ की मिल्दैन सम्बन्धित सरोकार वालाको ध्यान जान गरुरी छ ।
आधार नं २ सम्झौता पत्रमा सम्झौता गर्ने पक्ष र आयोजना भनीएको मा कुनै पनी उपभोक्ता समितीको नाम उल्लेख नभएको । उपभोक्ता समितीको मात्र भनेर उल्लेख गरीएको समझौता पत्रमा उपभोक्ता समितीले बेहोर्ने भन्ने मात्रै उल्लेख भएकोमा सो रकम उपभोक्ता मार्फत निर्माण व्यावसायिलाइ उपलब्ध गराउन पाइन्छ की नाइ ।



Milan Shrestha । ८ पुष २०७६, मंगलवार २१:०१ बजे