सिद्धार्थ सञ्चार सहकारीको ११औँ वार्षिक साधारण सभा



सुर्खेत,२० असोज । सहकारीको माध्यमबाट सञ्चार क्षेत्रमा महत्वपुर्ण योग्दान पु¥याउँदै आएको सिद्धार्थ सञ्चार सहकारी संस्थाले आफनो ११ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले शनिबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरि आफनो ११ औँ वार्षिक उत्सब सम्पन्न गरेको हो । सुनगाभा टेलिभिजन,सिद्धार्थ केवल र ईन्टरनेट सेवा एकैसाथ सञ्चालन गर्दै आएको सिद्धार्थ सञ्चार सहकारि संस्थाले सञ्चार क्षेत्रको माध्यमबाट सय क्षेत्रकको विकास र संमृद्धिमा महत्वपुर्ण योग्दान दिदै आएको छ ।

संस्थाको ११ औँ वार्षिक सभालाई सम्वोदन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसीले सहकारीको माध्यामबाट सञ्चार क्षेत्रको विकास गरि यसक्षेत्रको भ्रष्टाचार विकृति र विसंगतिको उजागर गरेको भन्दै जिल्लाका ६ सय सहकारी मध्य सिद्धार्थ सञ्चार सहकारीले उत्कृष्ट र नमुना काम गदरेको बताउनु भयो । विसीले सञ्चार क्षेत्रको विकास संगै सिद्धार्थ सञ्चार सहकारी संस्थाले कर्णाली प्रदेशको आर्थिक संमृद्धिमा अग्रनिय भुमिका खेल्नु पर्नेमा समेत जोड दिनु भयो ।

११ औं साधारण सभाको सहजीकरण गर्दे सचिव ललितबहादुर गाहा मगर ।

त्यस्तै कार्यक्रम्मा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले सिद्धार्थ सञ्चारले जनताको जनजिविका संग प्रत्यक्ष जोडिएका विषय बस्तुको उत्थान गरि सूचनाको हक अधिकार स्थापनाको लागी लागिपरेको बताउनु भयो । अध्यक्ष थापाले मानब अधिकार संरक्षण, सम्वर्दन र सामाजिक न्यायका लागी महत्वपुर्ण भुमिका खेलको भन्दै राज्यले गर्ने दायित्व पुरा गरेको उल्लखे गर्नु भयो ।

११ औं साधारण सभा आर्थिक प्रतिवेदन पेश गर्दे संस्थाका कोषाध्यक्ष झक्कड बहादुर पुलामी मगर ।

संस्थाले आर्थिक २०७५÷०७६ देखी केवल व्यवसायलाई कर्णाली प्रदेशकै पहिलो डिजिटल प्रणली बनाइ सञ्चालन गर्ने र उक्त सञ्चार संस्था द्धारा सञ्चालित सुनगाभा टेलिभिजनलाई कर्णाली प्रदेशकै उत्कृष्ट टेलिभिजनको रुपमा सञ्चालन गर्ने संस्थाका अध्यक्ष दिपबहादुर राना मगरले बताउनु भयो । अध्यक्ष रानाले सञ्चार सहकारीले शेयर सदस्यलाई लक्षित सुत्केरी खर्च र मृत्यू राहात रमक पाँच पाँच हजारको दरले प्रदान गर्दै आएको समेत जानकारि दिनु भयो ।

११ औं साधारण सभाका अध्यक्ष दिपबहादुर राना मगर सभालाई सम्बोेधन गर्दे ।

त्यस्तै संस्थाको आर्थिक प्रतिबेद प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष झक्ड बहादुर पुलामी मगरले संस्थाले गत वर्षको भन्दा ११.०६ प्रतिसतले आम्दानि बढेको भन्दै २ करोड ५० लाख १२ हजार ४४ रुपैँया आम्दानि रहेको साथ आर्थिक बर्ष २०७५–२०७६ सालको प्रस्ताविक बजेट पेश गर्नु भएको थियो ।

संस्थाले आफ्नो ११ औं बार्षिक साधारण सभामा , संस्था आर्थिक बर्ष २०७४–२०७५मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, एसइइ र प्लस टुमा उत्कृष्ट नतिजा ल्याउने तिन जना शेर सदस्यका छोराछोरीलाई समेत पुरुष्कृत गरेको छ । साधारण सभाको सहजीकरण संस्थाका सचिव ललित गाहाले गर्नु भएको थियो ।