खोटाङमा यात्रु बस दुर्घटना, १३ जनाको मृत्यु


३० चैत, काठमाडौं ।  खोटाङबाट काठमाडौं आउदै गरेको यात्रुबस दुर्घनामा परेको छ । खोटाङ महादेवस्थान-१ काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ ।
दिक्तेलबाट काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस विहान महादेवस्थान-१ काभ्रेको भिरबाट खसेको हो ।
विहान ५ बजे काठमाडौंका लागि छुटेको यात्रुवाहक बस बाटोबाट झन्डै तीन सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारको लागि पुगेको प्रहरी टोलीले १३ जनाको शव निकालेको छ ।
दुर्घटनामा २१ जना पुरुष र ५ महिला घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल सदरमुकार दिक्तलबाट ३५ किलो मिटर पश्चिमा पर्दछ । दुर्घटनाकाे कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साभारः अनलाइन खबर