६ चैत, काठमाडौं । नयाँशक्ति नेपालको आयोजनामा शनिबारदेखि काठमाडौंमा सरसफाइ अभियान सुरु भएको छ । डा. बाबुराम भट्टराईको नेतृत्वमा शनिबार बिहान पशुपतिको आर्यघाटदेखि सरसफाइ अभियान सुरु भएको हो ।
शनिबार बिहानै पशुपति परिसरमा बाबुरामको नेतृत्वमा नयाँ शक्तिका अभियन्ताहरु रातो टोपी लगाएर भेला भएका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले फोहोर उठाउनुका साथै पशुपति परिसरमा झाडूसमेत लगाए ।
सरसफाइ अभियानमा अभिनेतृ करिश्मा मानान्धर र अभिनेता सरोज खनाल लगायतको सहभागिता थियो ।
नयाँ शक्ति नेपालले शनिबारदेखि उपत्यका केन्द्रित ‘क्लिन काठमाडौं, गि्रन काठमाडौं’ अभियान सुरु गरेको छ । यो अभियान उपत्यकामा चैत २४ गतेसम्म चल्ने बताइएको छ । यस क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत भएका सबै स्थानमा सरसफाइ गरिने नयाँ शक्ति नेपालले जनाएको छ ।
साभार अनलाइन खबर



Milan Shrestha । ६ चैत्र २०७२, शनिबार ०७:१२ बजे