१४ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतिममा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण ११४ जनामा र कर्णालीमा १५ जना नयाँ संक्रमित पुष्टी भएको छ । यो संगै कुल संक्रमितको संख्या ९०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको हो ।
यसैवीच कर्णाली प्रदेशमा गत २४ घण्टामा १५ जनामा संक्रमणको पुष्टी भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले नियमित प्रेस भेटघाट जानकारी दिनुभएको छ । यो संगै कर्णालीमा संक्रमितको संख्या ३८ पुगेको छ ।
संक्रमितहरु सुर्खेत वीरेन्द्रनगर–४ का ६ जना, ३ का १ जना, ५ का १ जना, ९ का १ जना, ११ का १ जना, चौकुने गाउँपालिकाका–३ जना, ठेगाना नखुलेका १ जना र बझाङका १ जना रहेका जनाइएको छ ।



Prawash Kumar Shakya । १४ जेष्ठ २०७७, बुधबार १६:२९ बजे