प्रेम स्मृति गोल्डकप सुरु


तुलाराम पाण्डे
असोज २३, कालीकोट ।

जिल्लामा सबैभन्दा बढी पुरस्कार राशिको प्रेम स्मृति गोल्डकप फुटबल सोमबार मान्ममा सुरु भएको छ  । खाडाचक्र–५ का पूर्व फुटबलर प्रेमबहादुर शाहीको सम्झनामा प्रतियोगिता गरिएको हो  ।

विजेताले १ लाख, उपविजेताले ६० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक कालिकोट युथ क्लबकी कोषाध्यक्ष आशा शाहीले बताइन् । उनका अनुसार यसै प्रतियोगिताबाट क्षेत्रीय खेलाडी पनि छनोट हुनेछन् । जिल्ला खेलकुुद विकास समितिको सहआयोजनामा पञ्चदेव माविको मैदानमा स्पर्धा भएको हो ।

स्पर्धामा जुम्लासहित २० टिमको सहभागिता छ । खाडाचक्र, रास्कोट, नरहरिनाथ, पलाता, तिलागुफा, शुभकालिका, पचालभरनालगायत सबै स्थानीय तहका खेलाडी सहभागी छन् । फुटबलको राम्रो सम्भावना भए पनि खेल्ने मैदान भने अभाव छ । यद्यपि प्रतियोगितामा उत्साहजनक सहभागिता हुनु महत्त्वपूर्ण पक्ष भएको खेलाडी सुमन शाहीले बताए । कान्तिपुरबाट