‘जुम्ला–रारा अल्ट्रा म्याराथुन’ प्रतियोगिता सुरु


असार २७, जुम्ला ।

पर्यटन प्रबद्र्धनका लागि ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन’ बुधबार देखि जुम्लामा शुरु भएको छ ।

कर्णाली प्रदेश सरकारले कर्णाली रार पर्यटन बर्ष २०७५ घोषणा गरेसँगै जुम्ला जिल्लाका बिभिन्न पर्यटकिय क्षेत्रहरुको प्रबद्र्धनका लागि कर्णाली स्पोर्टस क्लबको आयोजनामा ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन’ प्रतियोगिता सञ्चालन गरीएको हो ।

‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित कर्णालीमा पहिलो राष्ट्रिय स्तरको अल्ट्रा म्याराथुन प्रतियोगितामा राष्ट्यि तथा स्थानीय गरी ३ सय २० जना खेलाडीहरुको सहभागिता रहने छ भने जिल्ला बाहिरका ३६ जना खेलाडी प्रतियोगितामा सहभागि हुनेछन् ।